कृष्णपुर ९ पिपरियामा माओवादी केन्द्र वडा कार्यालय स्थापना

 

कञ्चनपुर :- कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियामा माओवादी केन्द्रको वडा कार्यालय स्थापना गरिएको छ । वडा कार्यालयको उद्घाटन हर्कबहादुर शाही ले गरेका थिए । वडा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका शाहीले माओवादीको एजेण्डामा देश रहेको भन्दै निति निर्माणकर्ता पार्टीको नेतृत्वमा देशका सबै वर्ग जातिको समुदाय र भुगोलको सहि विकास हुन माओवादी केन्द्रका उम्मेदवारको विजय आवश्यक रहेको बताएका छन् । गठबन्धनको चर्चा चलेपनि आसन्न स्थानीय तहको निर्वाचनमा कृष्णपुर नगरपालिकामा माओवादी केन्द्रको झण्डा फहराउन एक्लै एक्लै लड्ने स्थिति हुन सक्ने हुँदा सबै तहका कार्यकर्ताले गाउँ टोल र बस्तीमा पार्टीको एजेण्डा पुर्याउने तथा जनजागरणका कार्यक्रम संचालन गर्नुपर्ने शाहीले बताएका थिए । अध्यक्ष लालबहादुर चौधरीकाे सभापतित्वमा भएको कार्यक्रममा रमिता चौधरी,राम बहादुर राना , शान्ति चौधरी , सुनिल बि. क ,लगायतको उपस्थिति रहेको कार्यक्रम संचालक नरबहादुर आउजीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply