पुनर्वासमा राप्रपाकाे चुनाबी सभा सम्पन्न, हलाेमा मतदान गर्न आह्वान

धनबहादुर बिक
कञ्चनपुर, बैशाख १३ राप्रपाका प्रबक्ता ज्ञानेन्द्र शाहिले सुकुम्बासीलाई जग्गाकाे मालिक बनाउन हलाेमा मतदान गर्न आह्वान गरेका छन ।
चुनावी सभालाई सम्बाेधन गर्न मँगलवार कञ्चनपुरकाे पुनर्वास पुगेका ज्ञानेद्र शाहिले साे कुरा बताएका हुन । वर्तमान गठबन्धन सरकारले सुकुम्बासीलाइ निस्सा दिएर लालपुर्जा हाे भनी झुक्याई रहेकाे उनले बताए । सम्बाेधन गर्दै उनले भने ” दुई तिहाईकाे सरकार बनाउन हलाेमा भाेट हाल्नुस भूमिसुधार ऐन संशाेधन गरेर हामीले सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउने छाैँ ” । काेराेना कहरका बेला आफ्नाे पार्टी पुनर्वासी जनताका लागि अक्शिजन सहित स्वास्थ्य सामाग्री बितरण गरेकाे तर यहाँका साँसद जनता अप्ठेराेमा पर्दा लुकेर बसेकाे आराेप लगाउनु भयाे ।
राजसँस्थाकाे पुनर्स्थापनाकाे पक्षमा वकालत गर्दै उनले अगाडी भने ” राजाकाे पालामा पारीकाे भारत डरले थुरथुर काँप्थे तर आज गणतन्त्रकाे पालामा नेपालमै आएर दादागिरी देखाउदा समेत चुप लागेर बसेका छन ।” नेता भनेकाे नेपालीकाे मात्र भएर हुदैन बिदेशीहरुका अगाडी छाती फुकाएर उभिन सक्ने हुनु पर्ने बताउदै बिदेशीलाई खुट्टामा ढाेगाउन सक्ने हैसियत राखेकाे मान्छे मात्र देशभक्ति नेता भएकाे उनले बताए । कार्यक्रममा राप्रपका केन्द्रिय सदस्य बुद्धिमान तामाङ्ग, हिक्मत सिँह शाहि, नन्दा देबी शाही, सुदुरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जाेशी, कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द लगायतकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply