नेत्र विक्रम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लवका बैतडी सुर्नया इन्चार्ज  माओवादी केन्द्रमा प्रवेश

बैतडी– नेत्र विक्रम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लवका बैतडी सुर्नया इन्चार्ज  माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा विप्लव सुमूहका  सुर्नया इन्चार्ज  अम्बा दत्त अवस्थी  आज  पार्टी छाडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी छाडेर आएका अवस्थीलाई माओवादी केन्द्रले   वैशाख ३० गते  हुने  स्थानीय तहको  निर्वाचनका लागि वडा नं ६ को अध्यक्ष पदका लागि उम्मेदवार बनाएको माओवादी केन्द्रका सुर्नया गाउँकमिटि अध्यक्ष राम बहादुर  विष्टले बताए ।

पार्टी प्रवेश गरेका अवस्थीलाई खादा अबिर सहित स्वागत गरेर  माओवादीले  टिकट दिएको उनले बताए । अम्बादत्त अवस्थी  जनयुद्धमा सहिद भएका  शरद अवस्थी  लोकेशका  आफन्त रहेका बताइएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply