शुक्लाफाँटामा बाँगी र स्वतन्त्रको उम्मेद्बारी फिर्ता, आधिकारिक उमेदवार जिताउन चुनावमा लाग्ने प्रतिबद्धता

 

शुक्लाफाँटा/वैशाख १६ स्थानीय तहको निर्वाचनमा शुक्लाफाटा नगरपालिका बाट स्वतन्त्र उम्मेदवारी दिएका तथा बागीको उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको आन्तरिक छलफलपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायतका अरु दलहरूका नेताहरूले स्वतन्त्र उम्मेदवारी फिर्ता गरेका हुन् ।

 

उम्मेद्वारी फिर्ता लिनेहरुमा नगरप्रमुख उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा अघिल्लो स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदका उमेदवार समेत रहेका लोकेन्द्र ऐरी, वडा नम्बर एकका नवराज अवस्थी, वडा नम्बर ८ का तिलक अप्रेल, वार्ड ११ का दान बहादुर बोहरा लगायत समाजवादी पार्टीका आधिकारिक उम्मेदवारहरुलाई चुनाव जिताउने पार्टीका नेताहरुसँग आन्तरिक सहमति छलफल भएको बताउँदै उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । स्थानीय तहको निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाका विभिन्न पदहरुमा आफूहरुले चुनाब लड्न पाउनुपर्ने भन्दै पार्टी नेताहरुसँग सहमति हुन नसक्दा एउटै पार्टीका दुईभन्दा बढी उम्मेदवारहरूको मनोनयन दर्ता हुन पुगेको थियो । शुक्रबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन आफ्नो उम्मेदवारी फिर्ता गर्दै मेयर पदको दाबी गरिरहेका नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य लोकेन्द्र ऐरी ले आफ्नो पार्टी र गठबन्धनका उम्मेदवारलाई स्थानीय तहको निर्वाचनमा विजय गराउन सबै नेता तथा कार्यकर्तालाई आ-आफ्नो स्थानबाट लाग्न अनुरोध गर्नुभएको छ । नेकपा-माओवादी र समाजवादी गठबन्धन गर्दै शुक्लाफाटा नगरपालिकामा चुनाब लडिरहेको छ । शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुख पदमा माओवादीका युवा नेता नवराज र उप प्रमुखको पदमा एकीकृत समाजवादीका युवा नेता माधव पन्त उम्मेदवार रहेका छन् । शुक्लाफाँटा नगरपालिकाको विकासमा शिक्षित युवा नेतृत्व को पक्षमा युवा वर्ग बढी आशावादी देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply