समिति सदस्य परि थापाले अहिलेको बुर्जुवा गणतन्त्रको ठाउँमा जनताको गणतन्त्र ल्याउनका लागि आफूहरुले निर्वाचन बहिस्कार गरेको बताए

twitter sharing button
messenger sharing button
gmail sharing button
sharethis sharing button

 

काठमाण्डौँ ,बैशाख ,१८। नेकपा (क्रान्तिकारी माओवादी )का स्थायी समिति सदस्य परि थापाले अहिलेको बुर्जुवा गणतन्त्रको ठाउँमा जनताको गणतन्त्र ल्याउनका लागि आफूहरुले निर्वाचन बहिस्कार गरेको बताउनु भएको छ । १३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताउनु भएको हो ।

दलाल बुर्जुवा गणतन्त्र दलाल पुँजीवादमा आधारित रहेको, दलाल पुँजीवाद अमानवीय हुन्छ भन्दै नेता थापाले यो व्यवस्थामा श्रमिक जनताले गरेको सामुहिक श्रमको फाइदा पुँजीपतिले लिने गरेको स्पष्ट पार्नुभयो । जनताको गणतन्त्रमा योग्यता अनुसारको काम, आवश्यकता अनुसारको दाम हुन्छ भन्दै हरेक सबैलाई, सबै हरेकलाई भन्ने सिद्धान्तमा आधारित व्यवस्था नै जनताको गणतन्त्र हुने पनि स्पष्ट पार्नुभयो ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका दृष्टिले मुलुक विकराल समस्यामा रहेको चर्चा गर्दै उहाँले आफ्नो बजेटको भन्दा बढी विदेशी मुलुकबाट किनेर बजेटको भन्दा बढी विदेशी मुलुकबाट किनेर खाने देश कहिल्यै स्वाधीन र आत्मनिर्भर हुन नसक्ने बताउनु भयो । मुलुकलाई स्वाधीन र आत्मनिर्भर बनाउन मुलुकमा रहेको प्राकृतिक सम्पदा र मानवीय स्रोध साधनको नेपालमै खपत गर्ने नीति र विधिसहितको वातावरण बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

अमेरिकी साम्राज्यवादी मिसनमा आधारित एमसीसी सम्झौता खारेज गर्ने र भारतीय कब्जाबाट कालापानी क्षेत्र फिर्ता गर्ने काम नभएसम्म नेपालको स्वाधीनता कायम नहुने भन्दै सबै सच्चा देशभक्त र क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।विभिन्न नारा जुलुससहित माइतीघरबाट न्यूरोड बसन्तपुर पुगेको क्रान्तिकारी मजदुरहरुको ¥याली सभामा परिणत भएको थियो । सभालाई अखिल नेपाल महिला संघ ९क्रान्तिकारी०की महासचिव शारदा महतले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष इश्वर तिमिल्सनाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासंघका महासचिव बसन्त बोगटीले गर्नुभएको थियो भने महासंघका सचिवालय सदस्यद्वय अर्जुनलाल श्रेष्ठ र कुमार घतानीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सयौंको संख्यामा मजदुरहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply