कृष्णपुर ६ काे अध्यक्ष पदमा स्वतन्त्र उमेदवार पुष्कर राज भट्टको प्रतिबद्धता पत्र सार्वजनिक ( पुर्णपाठसहित )

 

कञ्चनपुर ः– कृष्णपुर नगरपालिका वडा नम्बर ८ को अध्यक्ष पदका स्वतन्त्र उम्मेदवारमा पुष्कर राज भट्टले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । उम्मेदवारी मनोनय अघि भट्टले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । कृष्णपुर ८ सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गनेर प्राविधिक शिक्षामा जोड दिने बताएका छन् । हाम्रो गाउँ ठाउँ मिलि बनाउ “हाम्रो होइन राम्रो रोजौ” भन्ने मुल नारका साथ आगामी ५ बर्षका लागि गर्न सक्ने काम तथा योजनाहरु यस प्रतिवद्धता पत्र मार्फत सार्वजनिक गरेका छन् यस वडा नं. ८ लाई विकासको नमुना वडा बनाई यस वडालाई विकासको मोडल बनाउने उत्तम अवसर आएको उनले बताए । यस बैशाख ३० गतेको निर्वाचनमा आफुलाई निर्वाचित गरि वडा वासिले आफ्नो वडालाई भ्रष्टाचार मक्त लोककल्याण कारी, स्वच्छ सुन्दर र समृद नमुना वडा बनाउन पछि नहट्ने उनले बताए। यस वडालाई अझ भन्ने हो भने यस रैकवार विचवा गाउँको विकास गर्नका लागी आगामी ५ वर्षका लागि गरिने उनको योजना यस् प्रकार छ ।
क) भ्रष्टचार नियन्त्रण गरि सुसाशन र पारदर्शी सेवा प्रवाह गर्ने ः
१. यस वडा कार्यलयलाई भ्रष्टाचार मुक्त बनाउने छु ,
२. विकास निर्माणका कार्यहरु संचालन गर्दा प्राथमिकताका आधारमा, उपभोक्ता समितिहरु गठनमा वास्तविक उपभोक्ताहरुलाई प्रोत्साहित गरि सहभागिता गराईने छ ।
३. विकास खर्च हुन नसक्ने परिपाठी अन्त्य गरि हरेक आर्थिक वर्षमा विकास बजेट पूर्णरुपले समयमै खर्च हुने व्यवस्था गरिने छ ।
४. कार्यलयमा नियम अनुशासन कायम गरि कर्मचारीहरुलाई तालिम, दण्ड र पुरस्कृतको व्यवस्था गरि जनतालाई चुस्तदुरुस्त सेवा सुविधाहरु सम्पूर्णमा समानताका साथ लागु गरिने छ ।
५. अव्यवस्थित बसोबास तथा अ‍ैलानी जग्गाहरुको तथ्यांकलाई डिजिटलाईजेसन गर्न नगरपालिकालाई सहयोग गरि छिटोछरितो छोटो तरिकाबाट लालपुर्जा वितरण गर्न विरोध महत्वका साथ सम्पूर्ण निकायहरु संग समन्वय गरिने छ ।
६. तालिम, सेमिनार आदिका नाममा भईरहेका उपलब्धि विहिन खर्चहरुलाई व्यवस्थित गरि प्रत्यक्ष रुपमा उपयोगी र उत्पादन सिल हुने व्यवस्था गरिने छ ।
शिक्षा
१. सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई कार्यदक्षता र कार्यसम्पादनका आधारमा पुरस्कृत हुने गरि शिक्षा सुधारका लागि प्रोत्साहन गरिने छ ।
२. नगरपालिकालाई शिक्षाको बजेटलाई उच्च प्राथमिकता दिन आवश्यक सहयोग गरि विद्यालयहरुको भौतिक पूर्वाधारको स्तरोन्तरि गरिने छ ।
३. समाजमा रहेका विभिन्न प्रकारका सामाजिक विकृतिका रुपमारहेका लागु पदार्थ तथा दुव्र्यसनीको समस्या न्यूनिकराणका लागि विभिन्न युवा क्लवहरु संग तथा सरकारका निकायहरु संग समन्वय गरि विभिन्न प्रकारका रचनात्मक कार्यक्रमहरु संचालनमा ल्याइने छ ।
४. सामुदायिक तथा सरकारी विद्यालयहरुमा बालमैत्री मोन्टेश्वरी विधिबाट अध्यापन गराउने व्यवस्था मिलाईने छ ।
५. रोजगारी मुलक तथा उद्यमशील बन्ने गरि विभिन्न समयमा तालिमहरुको व्यवस्था गरिने छ ।
स्वास्थ्य
१. वडामा रहेका दिर्घ रोगी जस्तै, क्यान्सर, किड्नी, कलेजो, मुटु रोगी जस्ता जटिल विरामीहरुको उपचारमा नगरपालिका सित समन्वय गरि विशेष सहयोग गरिने छ ।
२. नगरपालिका संग समन्वय गरि वडा वासिहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिने छ ।
३. स्वास्थ्य बिमालार्य प्रभावकारी बनाउन प्रयास गरिने छ ।
४. वडामा सम्पूर्ण टोलहरुमा शुद्ध खानेपानीको व्यवस्था गर्नका लागि पहल गरिने छ ।
५. वडामा रहेको एकमात्र स्वास्थ्य चौकीको स्तरवृद्धि गरेर सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाइने छ ।
सामाजिक सुरक्षा कार्यक्रम
१. सामाजिक सुरक्षा अन्तर्गत नेपाल सरकारले दिदै आएको वृद्ध भत्ता सेवाग्राहीको खातामा जम्मा हुने अथवा घरमै पु¥याउने व्यवस्था गरी बैंकमा लाईनमा लाग्नु पर्ने झन्झटिलो व्यवस्थाको अन्तय गरिने छ ।
२. अनाथ असहाय, बालबालिका तथा अशक्त जेष्ट नागरिकहरुको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिने व्यवस्था मिलाईने छ ।
३. राना तथा चौधरी समुदायका भलभन्सा (अगुवा) प्रथालाई कानुनी वैधता प्रदान गरिने छ र विकास निर्माणका कार्यहरुमा भलमन्सा (अगुवा)हरुलाई समावेश सहभागी गराउने व्यवस्था गरिने छ ।
४. महिला सशक्ति करण कार्यक्रम संचालन गरि सामुहीक रुपमा महिलाहरुलाई उद्यमशिल कार्यमा संलग्न गराउने कार्यक्रम तत्काल लागु गर्ने ।
५. अपाङ्ग, दलित, अल्पसङ्ख्यक, जनजाति, विपन्न वर्ग उत्थानका लागि सोप मुलक तालिम प्रदान गरि सवरोज गार बनाउने गरि योजनहरु कार्यान्वयन गरिने छ ।
६. यस वडा मा १ वटा सामुदायिक भवन निर्माणका लागि नगरपालिका संग समन्वय गरि यथा सिग्र पहल गरिने छ ।
७. राना तथा चौधरी समुदायका संस्कृति एवं देउथानहरुको संरक्षण तथा संवद्र्धन गरिने छ ।
८. यस वडामा रहेका राना, चौधरी र दलित समुदायहरुबाट १÷१ जना गरि सम्पर्क अधिकारी राखिने छ ।

कृषि पर्यटन व्यापार रोजगारी प्रवर्दन ः
१.वडाका अधिकतम स्थानहरुमा कृषि प्राविधिक सेवा पु¥याउने व्यवस्था गरिने छ ।
२. समयमै मल, विऊ आदिको आपुर्ति सुनिश्चित गर्ने प्रयास गरिने छ ।
३. नेपाल सरकारद्धारा प्रदान गरिने अनुदानको मलको सधै भइ रहने मलको समस्याबाट समाधानका लागि आफ्नै वडामा आरगानिक मलको व्यवस्था गरि रसाइनिक मल माथिको निरर्भरतालाई विस्तारै घटाउदै लैजाने कारखानाका लागि व्यवस्था गरिने छ ।
४. वार्षिक तीन बालि उत्पादन कार्यक्रम हुने गरि किसानलाई गहु पछि मुंग खेती लगाउने व्यवस्थ ागर्न आवश्यक प्राविधिक तालिम दिलाई किसानहरुको आम्दानी वृद्धि गर्ने कार्यक्रम लागु गरिने छ ।
५. शितगृह निमार्ण ९अयमि कतयचभ० का लागि पहल गरि सक्यो चाडो व्यवस्था गरिने छ ।
६. वडा भित्र कृषि पकेट क्षेत्रहरु सथपना गरि नगदे बालि पशुपंछि व्यवसायीकरणमा सहजिकरण गरि स्वरोजगारी बदाई बेरोजगारीको समस्या समाधानको कार्य गरिने छ ।
७. विभिन्न प्रकारका कृषि बालि प्रदर्शनीहरुको आयोजनाहरुको गरि अधिकत्तम जनताहरुलाई कृषि क्षेत्रमा लाग्ने वातावरण बनार्य उत्कृष्ट कृषक किसानलाई वडा स्तरियमै पुरस्कृति गरि कृषि क्षेत्रमा लाग्न अधिप्रेरीत गरिने छ ।
८. कृषि उपजको विक्री वितरण व्यवस्थित गर्नका साथ साथै थोक तथा खुद्धा हाट बजारको स्थापना गरिनेछ ।
रुरु माछा, मासु, उत्पादन गर्ने कृषकहरुको आयवृद्धिको लागि पशुपन्छी व्यवसायी संग पि पि पि मोडेलमा कार्य गरिने छ ।
१०. वडामा उद्योग (नयाँ) उद्योग स्थापनाका लागि विभिन्न अन्य निकायहरु संग छलफल गरि देशमा रहेका प्रतिष्ठीत कम्पनीहरु संग सहकार्य गरि ठुला उद्योग स्थापनाका लागि व्यापारीहरुलाई आर्कषित गर्ने वातावरण बनाउने छ ।
११. राना र चौधरीहरुकाे संस्कृति संरक्षण गर्न विषेश वातावरण बनाउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply