एमालेका गाउँकमिटि उपाध्यक्ष पाण्डेयसहित २० जना बाम गठबन्धनमा प्रवेश

बैतडीको सुर्नया गाउँपालिकामा नेकपा एमालेका पालिका कमिटि उपाध्यक्ष लाल बहादुर पाण्डेयले नेकपा एमाले परित्याग गरेका छन् । एमाले परित्याग गरेसँगै उनी सुर्नयामा भएको बाम गठबन्धनमा प्रवेश गरेका हुन् । उनलाई सुर्नयामा माओवादी र नेकपा एसबीच भएको गठबन्धनका नेताहरुले स्वागत गरेका थिए ।

नेकपा एमालेले पनि सुर्नयामा राप्रपासँग गठबन्धन गरेको थियो । वडा नं २ मा वडा सदस्य समेत एमालेले नपाउने गरी गठबन्धन भएको भन्दै उनले एमाले परित्याग गरेको बताएका हुन् ।नेपाली कांग्रेस र एमालेका नेताहरुगरी २० जनाले बाम गठबन्धन प्रवेश गरेको नेता नरेन्द्र बिष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply