बेलौरिमा काङ्ग्रेस नेता राना सहित दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस , गठबन्धन लाई सहयोग गर्न प्रचण्डको आग्रह

बेलाैरी, बैशाख २६, कञ्चनपुरको बेलौरीबाट नेपाली काँग्रेस, नेकपा एमाले, विप्लव जसपा सहित विभिन्न राजनीतिक दलका प्रभावशाली नेता माओवादी केन्द्र प्रवेस गरेका छन ।
सोमबार कञ्चनपुरको बेलौरीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त चुनावी जनसभामा काँग्रेस, एमाले, विप्लव, जसपा सहितका विभिन्न राजनीतिक दल परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेका हुन । नेपाली काँग्रेस बेलौरीका पुर्व नगर सभापति एव प्रदेश सभा १(ख)का उम्मेदवार रामलाल राना, नेकपा एमाले प्रदेश कमिटि सदस्य गोपाल काफ्ले, नारद सिह राना, नारदमुनी राना, गुरुदयाल राना, नेकपा विप्लवका बिन्दीराम चौधरी, काँग्रेसका प्यारेलाल राना, जसपाका सुनिल विक, लक्ष्मी सुनार, राजमोका लाल बहादुर चौधरी सहित सयौँ नेता कार्यकर्ताले माओवादी केन्द्र प्रवेस गरेका छन ।

माओवादी प्रवेस गर्नेहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), प्रदेश अध्यक्ष हरिलाल चौधरी, केन्द्रीय सदस्य बिना मगर, टेकेन्द्र प्रशाद भट्ट, देवीलाल चौधरी लोकेन्द्र लम्साल, दिपा चौधरी राम बहादुर देउकर सहितका नेताहरुले स्वागत गरेका थिए ।
यसैबिच कञ्चनपुरकाे बेलाैरीमा अायाेजीत पाँच दलिय गठबन्धन चुनावी सभालाई सम्बाेधन गर्दै नेकपा माओवादी का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गठबन्धनलाई कमजाेर बनाउन प्रतिगमनकारीहरु लागेकाे बताएका छन । गठबन्धन हारेमा देश दुर्घटनामा जाने बताउँदै गठबन्धनका उमेदवार लाई जिताउन आहृवान गरेका छन ।

गठबन्धनका उमेदवारलाई चुनावमा जिताएर जनताले प्रतिगमनकारीलाई तह लगाउने बताए ।
गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो उनले गठबन्धनका उमेदवार लाई अत्यधिक बहुमतले विजय गराउन अनुराेध गरेका छन । गठबन्धनलाई सिध्याउनका लागि केहि तत्व लागेकाले दाहालले भ्रममा नपरी आफ्नाे उमेदवार लाई जीताउन आग्रह गरे का छन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले कञ्चनपुरको बेलौरी भन्सार स्थापनाका लागि आफुले सहयोग गर्ने बताएका छन
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त चुनावी जनसभा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बेलौरीलाई भन्सारकै रुपमा विकास गराउनका लागि पहल गर्ने बताउनुभएको हो । बेलौरी नाका स्तर बृद्धिका लागि मैले यस अघि पनि पहल गरेको थिए, ‘प्रचण्डले भने, ‘अब निर्वाचन पछि पनि गर्छु ।’ बेलौरीको भन्सार सहित यस क्षेत्रको सीमा समस्या समाधानका लागि आफ्नो तर्फबाट सम्पूर्ण सहयोग हुने बताए ।

 

प्रचण्डले आफु सरकारमा रहेका बेला भन्सारको काम अघि बढाएपछि अर्को सकारले रोकेको समेत बताए । ‘अब म बेलौरी नाका भन्सार विस्तारका लागि मेरो पुरै सहयोग र पहल हुन्छ, ‘प्रचण्डले भने, ‘त्यसका लागि तपाईहरु ढुक्क हुनुहोस ।’
चुनावी सभामा बेलौरी मेयरका लागि माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरीले प्रचण्डलाई बेलौरी नाका विस्तार, आरक्षपीडित, सीमा समस्या बारे स्मरण गराएका थिए । कञ्चनपुरको दक्षिणी क्षेत्रमा भन्सार संचालनमा नहुँदा यहाँका उद्योगी व्यवसायी मारमा परेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply