कृष्णपुरमा ५ घण्टामा ३८ प्रतिशत मतदान, मुख्य निर्वाचन अधिकृत भन्छन्– उत्साह र शान्तिपूर्ण रहेको छ

कृष्णपुरमा । कृष्णपुर नगरपालिकामा ५ घण्टामा ३८ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार विहान ७ बजेदेखि १२ बजेसम्म मत खसेका हुन् । मुख्य निर्वाचन अधिकृत नरेन्द्र बहादुर बुढाले सबै केन्द्रमा उत्साह र शान्तिपूर्ण रुपमा मतदान भई रहेको जानकारी दिएका छन् । ‘सबै केन्द्रमा उत्साहपूर्ण र शान्तिपूर्ण रुपमा मतदान भई रहेको छ’ उनले भने,‘अहिलेसम्मको रेसियो हेर्दा ३८प्रतिशत मतदान भएको छ ।’कृष्णपुरमा ४० हजार ३ सय ५० मतदाता छन् । साँझ ५ बजेसम्म मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply