नेकपा क्रान्तिकारी माओवादी सुदूरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महराको  कृष्णपुर नगरपालिका १ बन्डमा रहेको केराबारी लोप लाग्दो

कञ्चनपुर, बैशाख ,३१। नेकपा क्रान्तिकारी माओवादी सुदूरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महरा (चिन्तक )को  कृष्णपुर नगरपालिका १ बन्डमा रहेको केराबारी लोप लाग्दो रहेको छ । महराको केराबारी भर लटरम्म केरा फलेका छन । गत वर्षबाट शुरू गरेको १५ कट्टा जमिनमा लगाएको केराबारी राम्रो उत्पादन भएको छ । राजनिति संगै आत्मानिर्भर बन्न महराले गतबर्ष देखि केरा खेती शुरू गरेका छन । निष्ठाको राजनितिमा सक्रिय महरा भद्र सालिन र इमान्दार कम्युनिष्ट नेताको रूपमा परिचित छन ।

सानै उमेर देखि बिध्याथी राजनिति अखिल क्रान्तिकारी बाट शुरू गरेका महरा नेकपा माओवादी पार्टीको राजनितिमा सक्रिय हुँदै अहिले नेकपा क्रान्तिकारी माओवादी पार्टीमा सक्रिय छन । गतबर्ष देखि शुरू गरेको केरा खेतीबाट महरा सन्तुष्ट रहेका छन । उन्ले भने राजनिति संगै कुनै न कुनै व्यवसाय गर्नु जरूरी रहेको र आफुले कृर्षि पेसामा केरा खेती तर्फ आफु लागेको बताए । केरा खेती संगै लोकल कुखुरा पालन समेत शुरू गरेका छन । आर्थिक लगानी अभावले व्यवसाय थप गर्न नसकेको अव केहि आर्थिक रूपमा सहज हुदैँ  गए थप व्यवसाय बढाउने महराले  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply