माडी नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा नेकपा  माओवादी केन्द्रका घनश्याम दवाडी निर्वाचित

चितवन। माडी नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा नेकपा  माओवादी केन्द्रका घनश्याम दवाडी निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणनामा दवाडीले १ हजार १८ मत पाउँदै वडाध्यक्ष जितेका हुन्।

उनी यसअघि सोही वडाको निर्वाचित वडा सदस्य रहेका थिए। उनको निकटतम् प्रतिद्वन्दी नेकपा एमाले नेता एवं पूर्व वडाध्यक्ष शिवहरि सुवेदीले ५ सय ८ मत पाएका छन् भने राप्रपाका उम्मेदवार कुल बहादुर दुराले ४६९ मत ल्याएका छन्।

सो वडामा बाम लोकतान्त्रिक गठबन्धका सबै उम्मेदवारहरू, महिला सदस्यमा काँग्रेसकी बिना थापा, दलित सदस्यमा माओवादी केन्द्रका हरिमाया बि.क. र खुल्ला सदस्यमा नेपाली काँग्रेसका नारायणदत्त अधिकारी एवं मोहन सिंह स्याङतान निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply