बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरको निर्वाचन क्षेत्रमा पर्ने बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी भएको छ।   जेठ २ गते साँझ सार्वजनिक मत परिणाम अनुसार प्रमुख र उपप्रमुखसहित तीन वडामा प्यानल नै विजयी भएको हो। २०४९ को निर्वाचन पछि कम्युनिस्टले जित हात पारेको बेलडाँडी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष पदमा जित्‍न सफल भएको छ।  २०७९ को स्थानीय चुनावमा बेलडाँडी गाउँपालिकामा १, २ , ३ र ५ वडामा पूरै प्यानलसहित जित हात पारेसँगै कांग्रेसले ३० वर्षदेखि गुमाएको विरासत फर्काएको हो।

गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस जिल्ला उपसभापति समेत रहेका हरिश्चन्द्र राना ४ हजार १०३ मतका साथ विजयी भएका छन्।  उनका निकटतम प्रतिस्पर्धी एमालेका अक्कल बहादुर विष्टले २ हजार ३०१ मत ल्याएका छन्। माओवादीका ईश्वरी दत्त भट्टले १ हजार ७६३ मत ल्याएर तेस्रो बनेका छन्।

३ हजार ६७३ मत ल्याएर उपप्रमुखमा नेपाली कांग्रेसकी नेतृ शान्ति नाथ विजयी भएकी छन्।  उनको निकटतम प्रतिस्पर्धी एमालेका फुलदेवी रानाले ३ हजार २२७ मत ल्याएर दोस्रो र नेकपा माओवादीका कल्पना गिरी ९७१ मत ल्याएर तेस्रो बनेका छन्।

बेलडाँडीको वडा नं १ मा कांग्रेसका गज बहादुर विष्ट, २ मा कांग्रेसका नारद सिंह उर्याल, ३ मा दुर्गा प्रसाद चौधरी, ५ मा इन्द्र बहादुर खडका विजयी भएका छन्। वडा नम्बर ४ मा एमालेका वीर बहादुर खड्का विजयी भएका छन्। २०७४ मा बेलडाँडी गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply