काठमाडौं महानगरपालिकामा भर्खरै नयाँ वडाको मतगणना सुरू

काठमाडौं महानगरपालिकामा भर्खरै नयाँ वडाको मतगणना सुरू भएको छ। प्राप्त विवरणअनुसार भर्खरै काठमाडौं वडा नम्बर ३० को मतगणना सुरू भएको हो।  नयाँ वडाको मतपेटिका गणना सुरू गर्दा पनि स्वतन्त्र उम्मेदवार बालेन शाह नै अगाडि देखिएका छन्।  वडा नम्बर ३० मा अहिलेसम्म बालेनले ११४ मत पाएका छन्। यसमा एमालेका केशव स्थापितले ३४ मत मात्र पाएका छन् भने कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४८ मत पाएकी छन्।

यो वडामा अहिलेसम्म २२६ मत गनिएको छ। सिर्जना र स्थापित दुवैको संयुक्त मतभन्दा बालेनले ६२ मत धेरै पाएका छन्।

यसअघि गणना भइरहेका र गणना भइसकेका वडामा पनि बालेन नै अगाडि छन्।

अहिले वडा नम्बर ३, ४, ५, ६, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ। वडा नम्बर १ र २ को भने गणना भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply