कञ्चनपुर :- कृष्णपुर नगरपालिकामा वडा २,३,४ पछि वडा ५ मा पनि माओवादि केन्द्रले जित दर्ता गरेकाे छ । माओवादी केन्द्रका वडा अध्यक्षका उमेदबार बाबुराम चौधरीले १५७ मतकाे फराकिलाे अन्तरले नेपाली काग्रेसका उमेदबार कबिराज भट्ट लाई पराजित गरेका हुन । चाैधरीले १ हजार २०४ ,भट्टले १हजार ४७, एमालेका महेन्द्र राेकायाले ५४८, राप्रपा भरत बिष्टले १०३ र समाजवादीका नरेश प्रशाद भट्टले २ मत प्राप्त गरेका छन् । प्यानलका सदस्यहरु (चक्रबहादुर रैकाल सदस्य (रमेश डङ्गौरा महिला सदस्य ( आसपती देबि राजबङ्सी दलित महिला सदस्य (लक्ष्मी देबि सुनार रहेका छन बिगत ०७४ सालकाे निर्वाचनमा नेकपा माओवादी केन्द्रले प्यानल सहित बिजय गरेकाे थियाे विजयी भएका माओवादी केन्द्रका अध्यक्ष चौधरीले भ्रष्टाचार र अनियमितता विरुद्ध सधै आवाज उठाउदै समाजलाई विकासको गतिमा लैजाने प्रायःसमा रहेकाे बताउदै आगामी कृषि ,शिक्षा ,राेजगार र कृष्णपुर – ६ का समुदायकाे विकासमा जनताको सल्लाह सुझावले विकास कार्य गर्ने बताएका छन । साथै आफ्नो अमुल्य मतदान गरि जनताले आफुलाई विजयी गराएको भन्दै वडा नम्बर ६ का सम्पूर्ण आम जनसमुदाय, आमा ,बुबा ,दाजुभाई दिदी बहिनीहरुमा शुभकामना ब्यक्त समेत गरेको थिए ।