कञ्चनपुरको:शुल्लाफाँटा नगरको मेयरमा रण बहादुर महरा उप प्रमुखमा कल्पना जोशी पन्त विजयी

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका मेयरमा रण बहादुर महरा विजयी भएका छन । नेकपा एमालेबाट उम्मेदवार बनेका महरा मेयरमा निर्वाचित भएका छन । त्यस्तै शुक्लाफाँटा नगरपालिका उप मेयरमा कल्पना कुमारी जोशी पन्त विजयी भएकि छन । नेपाली कांग्रेस पार्टीबाट उप मेयर उम्मेदवार बनेकी पन्त निर्वाचित भएकि छन । निर्वाचन कार्यलयले केहि समयमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । मेयर रण बहादुर महराले शुक्लाफाँटा नगरपालिका देशकै नमुना नगर बनाउने घोषणा गरेका छन ‌। महराले शुक्लाफाँटा नगरपालिका सबै वार्डमा आधुनिक कृर्षी प्रणाली लागु गर्ने र कृर्षी पेसाबाट जनतालाइ आत्मानिर्भर र सम्वृद्ध नगर बनाउने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply