चितवन: रेनुको अग्रता १० हजार मत नजिक

चितवन। भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता झनै फराकिलो बनाउदै गएकी छन्। पछिल्लो १ लाख ८ हजार ३ सय ४५ मतगणनाको परिणाम अनुसार उनले ४३ हजार ६ सय ६ मत पाएकी छन्। उनले ९ हजार ९ सय ३ मतले अग्रता कायम राखेकी छन्। यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३३ हजार ७ सय ३ मत पाएका छन्। अर्का प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ३ सय ५० मत पाएका छन्। उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ४४ हजार ९ सय १८ मतका साथ अग्रस्थानमा छन्। अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले २६ हजार ६ सय ८६ मत पाएकी छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply