सरकारले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम आज ल्याउने भए

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आज मंगलबार ल्याउने भएको छ। यही जेठ १५ गते संघीय सरकारको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो।

राष्ट्रपति बिद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने छन्। नीति तथा कार्यक्रमा आर्थिक विकास तथा कृषि, रोजगारीको बिस्तार एवं अन्य आर्थिक सामाजिक उन्नयनका कार्यक्रम समावेश गरिएको बुझिएको छ।

आगामी मंसीरमा संघीय संसद र प्रदेश सभाको निर्वाचन गर्नुपर्ने भएकाले सरकारको नीति तथा कार्यक्रम निर्वाचन लक्षित हुने विश्लेषण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply