कञ्चनपुर को कृष्णपुर नगरपालिका ९ पिपरियामा लैङ्गगिक समानता तथा वनमा महिलाको अर्थपूर्ण सहभागिता सम्बन्धि एकदिने तालिमको आयोजना आईतवार सम्पन्न गरिएको छ ।
सामुदायिक वन समन्वय समिति वाणी कञ्चनपुर ले महिलालाई सशक्तीकरण गराउने उदेश्य ले अायोजना गरेको उक्त एकदिने नेतृत्व विकास तालिम सव- डिभिजन कार्यालयको भवनमा अायोजना गरिएको थियो ।
जानकी सामुदायिक वन पिपरिया को हलमा अायोजित एक दिने तालिममा कृष्णपुर नगरपालिका अन्तर्गत सव डिभिजन अन्तर्गतका रहेका सामुदायिक वन बाट ३० जना महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सामुदायिक वन समन्वय समितिका संयोजक पुनाराम चौधरी को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि कानुन अधिवक्ता कौशीला ओझा रहेकी थिइन् ।
कार्यक्रममा महिलाहरुको नेतृत्व विकास र उनिहरुको लैङ्गिक समानता समाजिक समावेशीकरण वनमा महिलाको अर्थपूर्ण सहभागीता लगायत विभिन्न कार्यक्रमहरुमा महिलाको सहभागिता र नेतृत्व बढाउन तालिमले सहयोग पुर्याउने उग्रतारा सामुदायिक वन राधिका काेईरालाले विश्वास व्यक्त गरे ।
महिलाहरुको नेतृत्व विकासका लागि उनिहरुलाई विभिन्न प्रशिक्षण र जिम्मेबारी दिनुआवश्यक भएको सहभागिहरुको माग रहेको थियो । महिलाहरुको नीति निर्माण तहमा र सम्पत्ति माथिको अधिकार सुनिश्चित हनु जरुरी भएको कुरा औल्याउदै तालिम प्रभावकारी भएको साबु रानाले वताए ।
सामुदायिक वन समन्वय समिति वाणी का संयोजक पुनाराम चौधरीकाे संयोजकत्वमा कानुन अधिवक्ता कौशीला ओझा लगायतले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।
तालिमकि प्रमुख सहजकर्ता अधिवक्ता ओझाले अझैसम्म पनि महिला ले सामाजिक रूपमा जति अधिकार पाउनुपर्ने हो हालसम्म पनि नपाएको कुरा बताईन । अझै पनि महिला ले आफ्नो हक अधिकार र समानताका लागि लडिरहनुपरेको छ अधिवक्ता ओझाले बताईन ।
एकातिर शताब्दीयौँ पुरानो समान अधिकारका लागि महिलाले संघर्ष जारी नै गर्नुपरेको छ भने अर्कोतिर विश्वभरमा नै महिलाहरू लैंगिक समानता, ऐतिहासिक नेतृत्व का लागि लडिरहेका छन् उनले भनिन ।
विश्व २१ ओ सताब्दी पूरा गरि २२ ओ सताब्दीमा प्रवेश गर्दै गर्दा नेपाल का महिलाले समानता, स्वतन्त्रता, न्याय र सामाजिक , आर्थिक, राजनीतिक र धार्मिक अधिकारका लागि लडाइँ गरिरहनु पर्ने परिस्थिति रहेको कुरा अधिवक्ता अोझाले अौल्याईन ।
स्थानीयदेखि केन्द्रीय तह, घरदेखि अफिससम्म, चुलाचौकादेखि नीति निर्माणको टेबुलसम्म हामी समानता, हुनसक्छ, हामी नेपाली नारीहरुको आत्मनिर्भरता, आत्मसुधार र आत्मरक्षाका लागि हरेक विचारहरुले हाम्रो समानता, स्वतन्त्रता र अधिकारको लडाइँमा हतियारको काम गर्न सक्छन् ,आजको २१ औँ शताब्दीमा महिलाको कार्यभार घर, समाज, परिवार सन्तानदेखि लिएर अफिस, राजनीति, समाजसेवा अनि आफू स्वयम्को परिचय, भविष्य र खुसीको खोज गर्नु रहेको छ साथसाथै सफल जीवनको लागि महिलाले आफ्नो स्वास्थ्य शिक्षा, सोच, चाहना र सुखको बारेमा सचेत हुनुपर्ने उनले बताइन् ।
२१ ओ सताब्दीमा आएर अहिले पनि कतिपय महिलाले राम्रोसँग आफ्नो परिचय सम्म दिन हिचकिचाउने गरेको बताउदै महिलाले आफ्नो अधिकार सुनिश्चित गर्नका लागि शिक्षा मा जोड दिनुपर्ने अध्यन गर्न अति आवश्यक रहेको कुरा अधिवक्ता ओझाले सुझाव दिईन ।
महिलाको उपस्थिति संरक्षणमा महिलाको सक्रियता धेरै छ तर नेतृत्व र निर्णायक ठाउँमा उपस्थिति न्यून,रहेकोे कुरा सामुदायिक वन समन्वय समिति का संयोजक पुनाराम चौधरीले अौल्याय । सामुदायिक वातावरण संरक्षणमा पुर्याएको योगदानको सम्मान गर्दै ५० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेकोे छ । त्यही सिद्धान्तले आज मुलुकको नेतृत्व तहमा महिला सहभागिता बढेको छ।
सामुदायिक वनले महिला नेतृत्व स्थापित गराउन ल्याएको ठूलो परिवर्तन हो। तर यति हुँदाहुँदै पनि सामुदायिक वनका महिलाको योगदान र श्रमलाई आर्थिक उपलब्धिसँग जोड्न अझै सुधार गर्नुपर्ने चौधरीले बताए । प्रमुख अतिथि अधिवक्ता कौशीला ओझा , जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्ट लगायतको उपस्थिति कार्यक्रमको संचालन पुनाराम चौधरीले गरेका थिए ।