प्रदेश प्रमुख जोशी द्घारा अभियन्ता राजेन्द्र रैका लाई युवा प्रतिभा राष्ट्रिय सम्मान प्रदान

कैलालीका अत्यन्तै सकृय सामाजिक अभियन्ता एंव अधिकारकर्मी राजेन्द्र रैका यश बर्षको युवा प्रतिभा राष्ट्रिय सम्मानबाट सम्मानित हुनुभएको छ । बिगत दुई दशक देखि मानवअधिकार सामाजिक न्याय र युवा सशक्तीकरण,दलित सिमान्तकृत समुदायको हक अधिकार एंव रुपान्तरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै कैलाली जनपुस्तकालयले अाफ्नो ६५औं बार्षिकोत्सबमा अभियन्ता रैकालाई राष्ट्रिय सम्मान प्रदान गरेको हो । एक विशेष समारोहमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले माला, दोसल्ला सम्मान पत्र सहित युवा प्रतिभा राष्ट्रिय सम्मान -२०७८ ले सम्मान गर्नुभएको थियोे । सम्मान प्राप्त गर्दे अधिकारकर्मी राजेन्द्र रैकाले यो महत्त्वपूर्ण सम्मानले अाफूलाइ थप उर्जा र थप जिम्मेवारी बोध गराएको बताउनुभयो । समारोह अन्य विभिन्न बिधाका श्रष्टाहरुलाई समेत सम्मान गरिएको थियोे । रैका दर्जन बढी संघसंस्थामा अाबद्घ रहि कृयाशिल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply