प्रदेश १ र मधेश प्रदेशको एक-दुई स्थानमा भने भीषण वर्षाको सम्भावना

काठमाडौं। आज प्रदेश १ र मधेश प्रदेशको एक-दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा वर्षा हुने जनाएको छ। अहिले मनसुनी वर्षा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा फैलिएको छ।

अन्य प्रदेशमा भने स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलवार बिहान प्रदेश १‚ मधेश‚ बागमती र गण्डकीका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो पनि सोही प्रदेशमा वर्षाको हुने महाशाखाले जनाएको छ।

प्रदेश १ र मधेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ। बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा हल्का वर्षा हुने जनाइएको छ। राति पनि देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानमा भने भीषण वर्षा हुने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply