दक्षिणी क्षेत्रमा रहेको सबै भन्दा पुरानो छोटी भन्सार कार्यालय संचालनका लागि गृह र परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र पठाए

कञ्चनपुर, ३० । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको सबै भन्दा पुरानो छोटी भन्सार कार्यालय संचालनका लागि गृह र परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र पठाईएको छ । बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले सोमबार छोटी भन्सार कार्यालय संचालनका लागि गृह र परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र पठाईएको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत बेलौरी नगरपालिकाले दुवै मन्त्रालयमा ज्ञापन पत्र पठाएको नगरप्रमुख पोतिलाल चौधरीले बताए । नगर प्रमुख पोतिलाल चौधरी र उप प्रमुख जोगराम चौधरीले प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेलाई ज्ञापन पत्र बुझाएका थिए ।
बषौँदेखि भन्सार नाका संचालन नहुँदा सुदूरपश्चिमकै विकासमा प्रभाव परेको भन्दै बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीले बताए । मेयर चौधरीले नाका संचालनका लागि यस अघि पनि पटक पटक नगरपालिकाको तर्फबाट प्रदेश, संघीय सरकारलाई डेलिगेशन गरिएको बताए । यसका साथै बेलौरी नगरपालिकाले गृह र परराष्ट्र मन्त्रालयमा भारतीय एसएसबीबाट बेलौरी ८ मा बनिरहेको हुलाकी सडक अवरोधदेखि अन्य क्षेत्रमा गरिरहेको हस्तक्षेप नियन्त्रणका लागि समेत पहल गरिदिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply