सरकारले रासायनिक मल खरिद गर्न १ करोड रुपैया बजेट विनियोजन गरे

सुदूरपश्चिम प्रदेश सरकारले रासायनिक मल खरिद गर्न १ करोड रुपैया बजेट विनियोजन गरेको छ । बुधबार आगामी आर्थिक आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले उक्त जानकारी दिनु भएको हो । यस्तै सुदूरपश्चिम सरकारले पर्यटकीय क्षेत्र खप्तड लगायतका क्षेत्रको विकास तथा प्रवद्र्धका लागि ३ करोड बजेट विनियोजन गरेको छ । बुधबार सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिनु भएको हो ।

उहाले सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र लगायत अन्य धार्मिक क्षेत्रका लागि ३ करोड बजेट विनियोजन गरेको बताउनु भयो । यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले सडक पूर्वाधारमा ५ अर्ब बढी बजेट विनियोजन गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै सो जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply