डाेटी / सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेकाे आर्थिक बर्ष २०७९/०८० काे बजेटमा लुम्बिनी प्रदेशका याेजना छनाैट गरेकाे छ । प्रदेश सरकारले ५ बर्षिय कार्यकालमा गत २०७९ अषाढ १ गते ल्याएकाे बजेट उसकाे कार्यकालकाे अन्तिम बजेट भए पनि उक्त बजेटमा लुम्बिनी प्रदेशका ३ ओटा याेजना छनाैट गरेकाे पाईएकाे हाे ।
प्रदेशले सार्वजनिक गरेकाे राताे पुस्तककाे पृष्ट नम्वर ३३९ मा भाैतिक पुर्वाधार मन्त्रालय अन्तरगत दाङ्गका ३ याेजना छनाैट भएका छन् । तीन याेजनामा, लमही नगरपालिका दाङको वडा नम्बर ९ को सिरिग्ङी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुट्याइएको देखिएको छ ।
त्यस्तै सिरिग्ङी खोलाको लागि प्रदेश सरकारले १० लाख र कालीखोलामा तटबन्ध निमार्णका लागि १० लाख बजेट छुट्याइएको प्रदेश सरकारको आर्थिक वर्ष ०७९/०८० को वार्षिक विकास कार्यक्रममा देखिएको छ।
त्यस्तै रजापुर नगरपालिका ७ गिठुवा टोल दाङमा राप्ती नदी नियन्त्रणका लागि पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। उक्त योजनाको लागि पनि प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको हो।