शिवगणेश ग्रामिण विद्युत सहकारी संस्थाको अध्यक्ष सहित प्यानल नै बाम गठबन्धन विजयी

१२ असार, मसुरिया कैलाली, गौरीगंगा नगरपालिका वडा नं ८ को शिवगणेश ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा नबराज सापकोटाको प्यानल विजयी भएकाे छ । शनिबार भएको निर्वाचनमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको संयुक्त प्यानलका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी शिव प्रसाद चौधरीले ५२९ मत प्राप्त गर्दा वाम गठबन्धन माओवादी, एमाले र समाजवादीका साझा उम्मेदवार रहेका सापकोटाले ६५२ मत प्राप्त गर्दै १२३ मतको अन्तरले विजयी भएका हुन् । उपाध्यक्ष फिरीराम चाैधरी ६३५ मतले बिजयी हुँदा जानकी देवी चन्दले ५१२ मत प्राप्त गरिन् । सचिवमा कमल जनाला ६१४ मतले विजयी हुदाँ वेद प्रसाद चौधरीले ५३० मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा कृष्ण विश्वकर्मा ६१९ मतले बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तिर्थ कुरमालले ५१९ मत प्राप्त गरेका थिए । सदस्यहरुमा क्रमश: सापकोटा प्यानलका मिना बोहोरा, टेक विक, नारायण बस्नेत, बसन्ती चाैधरी र दल बहादुर कामी विजयी भएका छन् ।
सहकारी संस्थाको स्थापना कालदेखि व्यवस्थापनको रुपमा कार्यरत रहेका सापकोटाले २०७८ साल असार २० गते राजिनामा दिएर बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply