व्यवसायीको हक हितका लागि बनेको साझा छाता संगठन कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व, पदाधिकारी एव कार्य समिति सदस्यका लागि दर्जनौँ व्यवसायी चुनावी मैदानमा उत्रिए

महेन्द्रनगर । व्यवसायीको हक हितका लागि बनेको साझा छाता संगठन कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व, पदाधिकारी एव कार्य समिति सदस्यका लागि दर्जनौँ व्यवसायी चुनावी मैदानमा उत्रिएका छन । वाणिज्य सघको नयाँ कार्य समिति चयनका लागि भएको चुनावी प्रकृया अनुरुप मंगलबार उम्मेदवारी दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालय अनुसार अध्यक्षका लागि पिताम्बर जोशी र गणेश दत्त जोशीले मनोनयन दर्ता गराएका छन । बरिष्ठ उपाध्यक्षका लागि दिनेश मल्ल, मदनराज जोशी, उद्योग उपाध्यक्ष सुरेश गुरुङ्ग एक्लैकोउम्मेदवारी परेको छ । उनी निर्बिरोध चयन भएका छन ।

वाणिज्य उपाध्यक्षमा बासुदेव जोशी, धर्मसिह रावल र यज्ञराज जोशी तीन जनाको उम्मेदवारी परेको छ । महासचिवमा खगेश्वर बोहरा र निर्मला सापकोटा(भट्ट), सचिव राहुल भट्ट, करन पाल उम्मेदवारी परेको छ । कोषाध्यक्षा चेतराज जोशी एक्लैको उम्मेदवारी परेको छ ।

उनी निर्बिरोध निर्वाचित भएका छन । संस्थागत सदस्य तर्फ नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुडा एक्लैको उम्मेदवारी परेकाले उनी पनि निर्बिरोध निर्वाचित भएका छन । सात सदस्यका लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

विसाल सोनार, दिपकराज बोहरा, सुरेन्द्र सिह साउद, गोपाल सिह बुडापाल, मदमराज भट्ट, महेश ब. सिह, शक्ति पन्त, लक्ष्मी प्रशाद पन्त, प्रेमप्रकास पाठक, दिपेन्द्र सिह कार्की, नरेश प्रशाद जोशी, फणिन्द्र जोशी, गणेश ब. ऐर, प्रकास कुँवर, हेरमराज भट्ट, प्रदिप पाल, प्रकास दत्त भट्ट, भोजराज अवस्थी, कमला कुमारी भट्ट, गोपाल नाथ र मिनराज भट्टले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी फिर्ता लिने समयमा कसैले पनि फिर्ता नलिए २५ असारमा चुनाव हुनेछ । झण्डै ३ हजार बढि मतदाता व्यवसायीले आफ्नो नेता छान्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply