१९ औ धान दिवस कार्यक्रम पुनर्वास मा सम्पन्न किसनलाई समृद्ध बनाउन किसानमुखी कार्यक्रम ल्याउ छौ नगर प्रमुख :- शर्मा

धनबहादुर बिक
कञ्चनपुर १५ असार
धानबाली मा जैविक विविधताको उपयोग आयात प्रतिस्पर्धामा सहयोग भन्ने राष्ट्रिय मुल नारा सहित १९ औ राष्ट्रिय धान दिवस पुनर्वास मा भब्यरूपमा सम्पन्न भएको छ । पुनर्वास नगरपालिका कृषि शाखा ले अायोजना गरेको उक्त धान दिवस कार्यक्रम पुनर्वास नगरपालिका ७ स्थित एक किसानको खेतमा धान रोपेर मनाईएको हो ।
सो अवसरमा प्रमुख आतिथ्यबाट बोल्दै नगर प्रमुख तोया प्रसाद शर्माले भन्नुभयो पुनर्वास का किसनले अब शिँचाईको समस्या झेल्नु पर्दैन , बिधुतिय सिचाइ का लागि अाफुले विशेष पहल गर्दै आईरहेको नगर प्रमुख शर्माले बताउनुभयो । बिधुत प्राधिकरण सुदूरपश्चिम क्षत्रिय निर्देशक संग बिधुतिय सिचाइ का लागि कुरा बढाईसकिएको र क्षेत्रीय निर्देशकबाट सकारात्मक प्रतिबद्धता समेत प्राप्त भईसकेको नगर प्रमुख शर्माले बताए ।
कृषि प्रधान देश नेपाल मा किसानलाई कुनै प्रकारको अभाव हुनु राम्रो होइन उनले भने । किसानलाई समयमै बीउ मल को व्यवस्थापन मिलाउन समेत स्थानीय सरकार लागिपरेको नगर प्रमुखले प्रतिबद्धता व्यक्त गरे ।
शर्माले पुनर्वास नगरपालिका लाई समृद्ध र नमुना नगरपालिका बनाउन सबैले हातेमालो गरि अघि बढ्नुपर्ने बताए । कार्यक्रममा नगर उप प्रमुख भुलिया कुमारी रानाले मंगलबार चट्याङ मा परि दिवंगत भएका दुई किसन देबेन्द्र श्रेष्ठ र सारदादेवी थापा प्रति स्मरण गर्दै दुख व्यक्त गरिन । उप प्रमुख रानाले धान दिवसको एकदिन अघि मात्रै दुई किसानको दैवीप्रकोप का कारण मृत्यु भएकोमा अाफु अत्यन्तै दुखि भएको बताईन । हालै सम्पन्न एघारौं नगर सभाको नगर अधिवेशन बाट किसानलाई बिनियोजन गरिएको बजेट न्युनतम भएको बताउदै उप प्रमुख रानाले किसानलाई प्रयाप्त बजेट दिने चाहना हुंदाहुदै पनि देशमा भएको आर्थिक संकटका कारण पूरा गर्न नसकिएको बतईन ।
सो अवसरमा किसानको प्रतिनिधित्व गर्दै पुनर्वास ८ का सफल किसान दशरथ शर्माले भने स्थानीय सरकारले वास्तविक किसानलाई सेवा सुबिधा बाट बञ्चित गर्दै आएको गुनासो गरे , कुनै पावरमा रहेको व्यक्ति बिशेषको सिफारिस का आधारमा किसानलाई दोहोर सुबिधा दिने व्यवस्था अबदेखि बन्द गरिनुपर्ने उनले बताए ।
कसैलाई एउटा पनि सिचाइ बोर नहुने कुनै एकै किसानको खेतमा तिनवटा सम्म सिचाइ व्यवस्थापन गरिएकोमा किसान शर्माले घोर निन्दा गरे । कसैलाई काखा कसैलाई पाखा गर्न पाईदैन उनलेे गुनासो व्यक्त गरे । पुनर्वास नगरपालिका ७ का अध्यक्ष मुलचन्द रानाको सभापतित्वमा भएको धान दिवस कार्यक्रम मा नगर प्रमुख तोया प्रशाद शर्मा प्रमुख अतिथि रहेका थिए भने बिशिस्ट अतिथिमा नगर उप प्रमुख भुलिया कुमारी राना रहेकि थिईन ।
सो अवसरमा पुनर्वास वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मका ११ जना उत्कृष्ट कृषकलाई जनहि ३ हजार ७५० रूपैया र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियोे ।
कृषि शाखा प्रमुख कर्णबहादुर शाही को स्वागत मन्तव्य बाट सुरु गरिएको कार्यक्रम को सञ्चालन कृषि शाखा कर्मचारी खडक बहादुर बिस्वकर्माले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply