ज्योती केसी पहिलो नेपाली अन्तरिक्षयात्री बन्न सफल

काठमाडौं। ज्योती केसी पहिलो नेपाली अन्तरिक्षयात्री बन्न सफल भएकी छन्। दाङ घर भई हाल अमेरिकामा बसोबास गरिरहेकी ज्योती केसी पहिलो नेपाली अन्तरिक्षयात्री बन्न सफल भएकी हुन्। एनालग अन्तरिक्ष यात्रीको मान्यता पाएसँगै उनी नेपालबाट पहिलो अन्तरिक्ष यात्री बन्न सफल भएकी छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूले हालै मात्र एनलग अन्तरिक्षयात्रीको प्रशिक्षण पूरा गरी पहिलो नेपाली-अमेरिकी अन्तरिक्षयात्री बन्न सफल भएको केसीले बताएकी छन्। पोल्यान्डमा दुई हप्तासम्म चलेको उक्त प्रशिक्षणमा उनीसँगै संयुक्त राज्य अमेरिका, मेक्सिको र पोल्यान्डका चालक दलका सदस्यहरू सहभागी रहेको उनले बताएकी छन्।

उक्त प्रशिक्षण अवधिमा उनीहरूलाई रोबोटिक उपकरण, भेहिकल, ह्याबिट्याट, कम्युनिकेशन, पावर जेनेरेशन, डिजाइन, एरो एन्ड हाइड्रो प्लान्टेशन लगायतका विषयहरूमा प्रशिक्षण दिइएको थियो। साथै प्रशिक्षण टोलीले आईसोलेशन एन्ड कन्फाइन्मेन्ट टिम डाइनामिक, मेनु फ्याटिग लगायत अन्य व्यावहारिक प्रभाव लगायतका विषयमा पनि प्रशिक्षण लिएका थिए। पाँच वर्ष अघि डीभी लट्री परेर अमेरिका गएकी केसी हाल अमेरिकाको एयर फोर्समा काम गरिरहेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply