Skip to content
Raikwar Khabar
  • मूलपेज
  • खबर
  • प्रदेश
    • प्रदेश नं.१
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कारोबार
  • अन्र्तवार्ता
  • मनाेरन्जन
  • सुचना प्रविधि
  • खेल
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रैकवार टी.भी.
  • युनिकोड
  • निर्वाचन

ट्रेन्डिङ

  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • प्रवास
  • खेलकुद

दलित सङ्घको केन्द्रीय महाधिवेशन गर्न माग

  • खबर
  • प्रदेश
  • सुदूरपश्चिम प्रदेश
३ साल अगाडी
रैकवार खबर दैनिक
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घले आफ्नो केन्द्रीय महाधिवेशन एक महिनाभित्र सम्पन्न गर्ने वातावरण निर्माण गर्न पार्टी नेतृत्वसँग माग गरेको छ । सङ्घले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटगरी लामो समयदेखि दलित सङ्घको महाधिवेशन हुन नसकेको जनाउँदै एक महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न माग गरेको हो । सङ्घका नेता शिव सुनार, प्रेम विश्वकर्मा, मुक्त महतोलगायतले विसं २०६९ मा सम्पन्न चौथो महाधिवेशनपछि १० वर्षसम्म दलित सङ्घको महाधिवेशन हुन नसकेको भन्दै यथाशीघ्र महाधिवेशन गराउने वातावरण निर्माण गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभएको हो । यस्तै, दलित सङ्घका नेताले जातीय विवेदका घटनामा पीडित पक्षलाई न्याय दिलाउन र दोषीलाई कारबाही गर्न कांग्रेस केन्द्रीय कार्यालय र ७७ वटै जिल्लामा दलित सेल स्थापना गर्न आग्रह गरेका छन् । उहाँहरुले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टीले गठन गर्ने विभागमा दलित समुदायको सम्मानजनक सहभागिता प्रतिनिधित्व गराउन माग गर्नुभएको छ । यसैगरी, आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यबाहेक प्रतक्ष्य तर्फको निर्वाचनमा कम्तीमा जनसङ्ख्याको आधारमा उम्मेदवार बनाउने व्यवस्था गर्नसमेत माग गरेको छ । विसं २०५४ मा स्थापना भएको नेपाल दलित सङ्घको दोस्रो महाधिवेशन विसं २०५९, तेस्रो महाधिवेशन विसं २०६६ र चौथो महाधिवेशन विसं २०६९ मा सम्पन्न भएपछि हालसम्म महाधिवेशन हुन सकेको छैन । –––
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Leave a ReplyCancel reply

सम्बन्धित खवर

दुई लाख ५० हजार कट्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

ओमानलाई हराएसँगै नेपाल विश्वकप छनोटको उपाधि नजिक

आज विश्व खाद्य दिवस मनाइँदै

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, डिजेल र मट्टीतेल यथावत्

विपिन जोशीप्रति नेपालगञ्जको श्रद्धाञ्जली : दीपको उज्यालोमा उठ्यो न्यायको आवाज

सुदूरपश्चिममा जातीय विभेद अन्त्यका लागि एक हुन प्रदेश प्रमुख मियाँको आह्वान

ट्रेन्डिङ

१

मोहना किनारमा हरियालीको स्वर्ग — ‘ग्रीन भ्यू खानपान’ले दियो नयाँ जीवन

२

सुदूरपश्चिमका ४२६ कैदीबन्दी अझै फर्किएनन्

३

सुदूरपश्चिममा जातीय विभेद अन्त्यका लागि एक हुन प्रदेश प्रमुख मियाँको आह्वान

४

विपिन जोशीप्रति नेपालगञ्जको श्रद्धाञ्जली : दीपको उज्यालोमा उठ्यो न्यायको आवाज

५

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, डिजेल र मट्टीतेल यथावत्

६

आज विश्व खाद्य दिवस मनाइँदै

७

ओमानलाई हराएसँगै नेपाल विश्वकप छनोटको उपाधि नजिक

८

दुई लाख ५० हजार कट्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

लोकप्रिय

छुटाउनुभयो कि ?

दुई लाख ५० हजार कट्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

ओमानलाई हराएसँगै नेपाल विश्वकप छनोटको उपाधि नजिक

आज विश्व खाद्य दिवस मनाइँदै

Raikwar Khabar
अध्यक्ष तथा प्रबन्ध निर्देशक: पदम सुनार ( रैकवार मिडिया प्रा.लि.)
सम्पादकः हेमा भट्ट /9810678026
सूचना विभाग दर्ता नं. २१४ / ०७३–७४
९८६५९६६११७
raikwarkhabar@gmail.com
© २०१८-२०२५ raikwarkhabar.com सर्वाधिकार सुरक्षित वेबसाईट डेभ्लोपर : Suman Shrestha
%d