Skip to content
Raikwar Khabar
  • मूलपेज
  • खबर
  • प्रदेश
    • प्रदेश नं.१
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कारोबार
  • अन्र्तवार्ता
  • मनाेरन्जन
  • सुचना प्रविधि
  • खेल
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रैकवार टी.भी.
  • युनिकोड
  • निर्वाचन

ट्रेन्डिङ

  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • प्रवास
  • खेलकुद

निजी वन विस्तार गर्न किसान आकर्षित

  • खबर
  • प्रदेश
  • सुदूरपश्चिम प्रदेश
३ साल अगाडी
रैकवार खबर दैनिक
ताप्लेजुङका कृषक पछिल्लो समयमा निजी वन विस्तार गर्न आकर्षित हँुदै गएको छ । वनबाट राम्रो आम्दानी हुने र सहजरुपमा अनुदान पाउँन थालेसँगै निजी वन विस्तर गर्न किसान आकर्षित हुँदै गएको हुन् । डिभिजन वन कार्यालयबाट चालु आर्थिक वर्षमा निजी वन विस्तार गर्ने आठ किसानलाई अनुदान उपलब्ध गराएको छ । रु एक÷एक लाखका दरले रु आठ लाख निजी वन विस्तार गर्ने किसानलाई अनुदान उपलब्ध गराएको सो कार्यालयले जनाएको छ । अनुदान पाउनेमा मैवाखोला गाउँपालिका–२ का राजु तामाङ, फुङलिङ नगरपालिका–९ हाङ्देवाका लाक्पा छेकी शेर्पा, सुकेटारका ओम प्रकाश राई र ७ का अनिल खड्कालाई एक लाखका दरले अनुदान पाउँनुभएको छ । फुङलिङ–८ का उमानाथ पौडेल र मैवाखोला –२ का पहलमान लिम्बुलाई क्रमशः रु ३९ हजार र ४२ हजार अनुदान उपलब्ध गराएको वन कार्यालयले जनाएको छ । वनजङ्गल घेरा बारा, बोट बिरुवा काट छाँट र स्याहारका लागि अनुदान दिएको कार्यालयले जनाएको छ । अनुदान पाउने किसान साँच्चिकै मेहनती भएको अनुगमनमा पुगेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले जानकारी दिनुभयो । वास्तविक किसानलाई अनुदान दिनसके मात्र कार्यक्रमको सार्थकता हुने भएकाले छनोट गरेर मात्र अनुदान दिने गरेको सो कार्यालयले जनाएको छ । डिभिजन वनकार्यालय प्रमुखको संयोजकत्वमा फोकल टिम गठन गर्ने प्रावधान छ । प्रशासन, कोष तथा लेखा नियन्त्रक कार्यालय, फेकोफन, उद्योग वाणिज्य सङ्घ र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का प्रतिनिधिलाई ‘फोकल टिम’मा समावेश गर्ने गरेको छ । जिल्लास्थित छ ठाउँमा कार्यालयले नर्सरी स्थापना गरेको छ । डिभिजन वन कार्यालय, पाथीभरा सवडिभिजन कार्यालय तोक्मे, तेल्लोक, दोभान, सान्थाक्रा र तिरिङेमा नर्सरी स्थापना गरेको छ । ती छवटा ठाउँमा जडीबुटी बिरुवा एक लाख, वार्षिक बिरुवा एक लाख ५० हजार र बहुवर्षीय बिरुवा ३० हजार रहेको सहायक वन अधिकृत यादवले बताउनुभयो । सतुवा, बोजो, अमला, अर्रो, जापानिज सल्ला, टाँकी, निभारो, सुन्तला र कागतीका बिरुवा छन् । –––
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Leave a ReplyCancel reply

सम्बन्धित खवर

दुई लाख ५० हजार कट्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

ओमानलाई हराएसँगै नेपाल विश्वकप छनोटको उपाधि नजिक

आज विश्व खाद्य दिवस मनाइँदै

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, डिजेल र मट्टीतेल यथावत्

विपिन जोशीप्रति नेपालगञ्जको श्रद्धाञ्जली : दीपको उज्यालोमा उठ्यो न्यायको आवाज

सुदूरपश्चिममा जातीय विभेद अन्त्यका लागि एक हुन प्रदेश प्रमुख मियाँको आह्वान

ट्रेन्डिङ

१

मोहना किनारमा हरियालीको स्वर्ग — ‘ग्रीन भ्यू खानपान’ले दियो नयाँ जीवन

२

सुदूरपश्चिमका ४२६ कैदीबन्दी अझै फर्किएनन्

३

सुदूरपश्चिममा जातीय विभेद अन्त्यका लागि एक हुन प्रदेश प्रमुख मियाँको आह्वान

४

विपिन जोशीप्रति नेपालगञ्जको श्रद्धाञ्जली : दीपको उज्यालोमा उठ्यो न्यायको आवाज

५

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, डिजेल र मट्टीतेल यथावत्

६

आज विश्व खाद्य दिवस मनाइँदै

७

ओमानलाई हराएसँगै नेपाल विश्वकप छनोटको उपाधि नजिक

८

दुई लाख ५० हजार कट्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

लोकप्रिय

छुटाउनुभयो कि ?

दुई लाख ५० हजार कट्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

ओमानलाई हराएसँगै नेपाल विश्वकप छनोटको उपाधि नजिक

आज विश्व खाद्य दिवस मनाइँदै

Raikwar Khabar
अध्यक्ष तथा प्रबन्ध निर्देशक: पदम सुनार ( रैकवार मिडिया प्रा.लि.)
सम्पादकः हेमा भट्ट /9810678026
सूचना विभाग दर्ता नं. २१४ / ०७३–७४
९८६५९६६११७
raikwarkhabar@gmail.com
© २०१८-२०२५ raikwarkhabar.com सर्वाधिकार सुरक्षित वेबसाईट डेभ्लोपर : Suman Shrestha
%d