सुदूरपश्चिममा नेपाली कांग्रेसको उम्मेदवारको टुंगो

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाका लागि ८ जना उम्मेदवारको टुंगो लगाएको छ । सत्तारुढ गठबन्धनबीच सुदूरपश्चिममा १६ मध्ये कांग्रेसले ९, नेकपा माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ सिट लिने सहमति भएको छ । जस अनुसार आफ्नो भागमा परेका ९ मध्ये ८ सिटमा उम्मेद्वार टुंगो लगाएको कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले जानकारी दिए ।

प्रतिनिधि सभातर्फ :

डडेलधुरा – शेरबहादुर देउवा,
अछाम–२ मा पुष्पबहादुर शाह,
कञ्चनपुर–२ मा एनपी सावद,
कञ्चनपुर–३ मा रमेश लेखक,
कैलाली–१ मा रामजनम चौधरी,
बाजुरामा बद्री पाण्डे,
कैलाली–४ मा वीरबहादुर बलायर
कैलाली–५ मा डिल्लीराज पन्त ।

प्रदेश सभातर्फ :

बाजुराको एउटा प्रदेशसभामा पदम शाही
अछामको १ को क मा मेघराज खड्का,
डडेलधुरा ख मा गोविन्द बोहरा,
दार्चुलाको एउटा प्रदेश सभामा विक्रम धामी
कैलाली ५ ख मा प्रकाश देउवा (आरजु राणाका स्वकीय सचिव) ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply