कमल थापाले गरे ओलीको देवत्वकरण: यसकारण ओली नेतृत्वको सरकार देशको हितमा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष एवं सूर्य छापाका मकवानपुर १ का प्रतिनिधिसभा उम्मेदवार कमल थापाले ओली नेतृत्वको सरकार देशको हितमा हुने बताएका छन् ।

सोमबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले सत्तागठबन्धन र केपी ओली बीचमा फरक देखाएका हुन् । भारतको नाकाबन्दीविरुद्ध लडेको, चुच्चे नक्सा बनाएको भन्दै थापाले ओलीको तारिफ गरेका छन् ।

‘कसैलाई तीतो लाग्ला तर, भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरूभन्दा त्यसकोविरुद्ध डटेर लड्ने, विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरूभन्दा चुच्चे नक्सा बनाउने, विदेशीको प्रेरणामा बनेको गठबन्धनभन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ’, थापाले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply