आसन्न निर्वाचन को अन्तिम घरदैलो अभियानमा संघकि उमेदवार विना मगरले भनिन हामीलाई आशिर्वाद दिनुस

धनबहादुर बिक
कञ्चनपुर : संविधान को रक्षा , मुलुकको समृद्धि र विकासका लागि आफू लगायत बाम लोकतान्त्रिक गठबन्धन टिमलाई विजयी गराईदिन कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा उमेदवार तथा पुर्व मन्त्री विना मगरले आग्रह गरिन ।
घरदैलो अभियान को अन्तिम दिन पुनर्वास नगरपालिका ८ र ९ मा पुगि जनताका प्रत्येक्ष समस्या लाई सम्बोधन गर्दै बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट संघ कि उमेदवार विना मगरले आफ्ना भनाइ व्यक्त गरेकि हुन ।
पुर्व खानेपानी मन्त्री समेत रहेकि मगरले जनताहरू बिच अपिल गर्दै बाम लोकतान्त्रिक गठबन्धन टिम लाई विजयी गराईएमा प्रतिगमन को अन्त्य संगै अग्रगमन को रक्षा हुने कुरामा जोड दिईन ।
हामीलाई आसिर्वात दिनुस हामीलाई विजयी गराउनुभएमा
तपाईं हरूलाई निरास गर्ने छैनौ ,
पुनर्वास को समुचित विकास , सुकुम्बासी समस्या , दोंदा तटबन्ध , शिक्षा , स्वास्थ्य जस्ता जनताका अत्यावश्यक महत्त्वपूर्ण बिषयमा हाम्रो ध्यान केन्द्रित हुनेछ पुर्व मन्त्री मगरले प्रतिबद्धता व्यक्त गरिन ।
यसैबिच बाम लोकतान्त्रिक गठबन्धन तर्फका प्रदेश सभा सदस्य उमेदवार बन्धु रानाले आफू विजयी भएमा जनता संग समन्वय गरि विकास का क्षेत्रमा काम गर्न आफ्नो भुमिका रहने प्रतिबद्धता व्यक्त गरे ।
अधिकांस भुभाग भारतीय सिमा संग जोडिएको र नेपाल भारत सपमा बिबाद लाई दिर्घकालिन समाधानका लागि केन्द्र सरकार संग कुटनैतिक सम्वाद गरि निराकरण तर्फ पहल गर्ने प्रदेश सभा उमेदवार रानाले जोड दिए ।
घरदैलो अभियानको अन्तिम दिन बाम लोकतान्त्रिक गठबन्धन टिमलाई स्थानीयले फुलमाला र अबिर ले भब्यतनका साथ स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply