जनताका पक्षमा मतदान गर्न बिजुक्छेंको आग्रह

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले जनताका पक्षमा मतदान गर्न सबै मतदातामा आग्रह गर्नुभएको छ ।

भक्तपुर नगरपालिका–५ विद्यार्थी निकेतन माध्यामिक विद्यालय साकोठाको मतदान केन्द्रमा आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।

अध्यक्ष बिजुक्छेंले निर्वाचनका लागि हाल गरिएका दुवै गठबन्धन सत्ता स्वार्थका लागि गरिएको आरोप पनि लगाउनुभयो । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमालेसहित राप्रपाको गठबन्धन एउटै सिक्काका दुई वटा पाटा भएको पनि उहाँको टिप्पणी थियो । भक्तपुरमा प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार वटा निर्वाचन क्षेत्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply