राप्रपा नेपालका कमल थापाले गरे आफ्नो हार स्वीकार

हेटौंडा । नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लडेका राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गरेका छन् ।

मकवानपुर क्षेत्रनम्बर १ बाट चुनाव लडेका थापा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिइरहेकी छन् । डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९ हजार ९१८ मत पाएका छन् ।

थापाले सामाजिक सन्जालमार्फत् आफूले हार स्वीकारेको जनाएका छन् । सूर्य चिह्न लिएर चुनाव लड्ने अवसर दिएको भन्दै उनले एमालेलाई धन्यवाद पनि भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply