दैलेख–२ (१) मा एमालेका शाह विजयी

दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेशसभा (१) बाट नेकपा (एमाले)का विनोदकुमार शाह विजयी हुनुभएको छ । शाहले नेकपा (माओवादी केन्द्र)का योगेन्द्रबहादुर शाहीलाई ८६ मतले हराउनुभयो ।

शाहले जम्मा खसेको मत २२ हजार दुई सय ८२ गणना गर्दा नौ हजार चार सय ६४ मत पाउनुभयो । माओवादीेका शाहीले नौ हजार तीन सय ८१ मत प्राप्त गर्नुभयो । प्रदेशसभामा निर्वाचित शाह पूर्वराज्यमन्त्रीसमेत हुनुहुन्छ । यस्तै, राप्रपा पार्टीका ज्ञानेन्द्र शाहीले चार हजार ९० र नेमकिपाका जयबहादुर शाहीले तीन हजार दुई सय ५५ मत प्राप्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply