सर्लाही–२ को प्रदेश (१) मा कांग्रेसका राय विजयी

सर्लाहीको क्षेत्र नं २ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका जङ्गीलाल राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिल साहलाई पराजित गर्नुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रायले आठ हजार दुई सय ९० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले सात हजार दुई सय १४ मत पाउनुभयो । रायले एक हजार ७६ मतान्तरले साहलाई पराजित गर्नुभएको हो ।

यस्तै जनमत पार्टीका उम्मेदवार भरत चौधरीले छ हजार छ सय ४३ मत ल्याउनुभयो । निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) तथा क्षेत्र नं २ र ३ को प्रतिनिधिसभा सदस्यतर्फको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply