कैलाली क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले अग्रता लिनुभएको छ । नेकपा एमालेका उम्मेदवार झपटबहादुर रावल दोस्रो स्थानमा रहनुभएको छ ।
केहीबेर अघिसम्म ४० हजार छ सय ३५ मत गणना हुँदा नागरिक उन्मुक्तिका चौधरीले १४ हजार सात सय पाँच मत प्राप्त गर्नुभएको छ । एमालेका रावलले १० हजार पाँच सय ९६ तथा नेकपा (माओवादी केन्द्र) का भगतबहादुर बडुवालले १० हजार तीन सय ९८ मत प्राप्त गर्नुभएको छ ।
यहाँ एक लाख चार हजार नौ सय छ मतदाता रहेकामा ६० हजार छ सय २९ मत खसेको निर्वाचन अधिकृत प्रेमप्रकाश जोशीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1