गण्डकी प्रदेश प्रमुखद्वारा प्रदेशसभा अधिवेशन आह्वान

धनगढी :- गण्डकी प्रदेशसभाको अधिवेशन पुस १८ गते आह्वान गरिएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुख गुरुङको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा ‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम प्रदेशसभाको अधिवेशन विसं २०७९ पुस १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेशसभा भवन नदीपुरमा आरम्भ हुनेगरी आह्वान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

अधिवेशन अघि नवनिर्वाचित सांसदलाई सपथ खुवाउने तयारी छ । प्रदेश प्रमुख गुरुङले यही पुस १३ गते बुधबार गण्डकी प्रदेशसभा सदस्य मध्ये ज्येष्ठ सदस्य पर्वत जिल्ला निर्वाचन क्षेत्र नं १ को (१)बाट निर्वाचित मित्रलाल बस्याललाई सपथ खुवाउने तयारी गरिएको हो ।

प्रत्यक्ष निर्वाचित तथा समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेका सबैलाई सपथ खुवाइने पनि प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमालेका) २२, नेकपा (माओवादी केन्द्र)का आठ, राप्रपाका दुई र नेकपा (एकीकृत समाजवादी)का एक सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply