जातीय विभेद र वर्ण ब्यबस्था विश्व समाज

गोबिन्द बिक
धनगढी जातीय विभेद र वर्ण ब्याबस्था
जातिय ब्याबस्था विश्व समाज को सन्दर्भमा दक्षिण एशिया मध्यमा भारत र नेपाल मा बिशिस्ट रहदै आयेको छ ।
नेपाल मा स्थापित जातीय ब्याबस्था पनि समाज परिचालन र हिन्दु धर्मका हिसाब ले भारत बिद्यमान जात ब्याबस्था नेपालमा पनि प्रभावित रहेकी कुरा इतिहासबिद हरुले विश्लेषण ले प्रष्ट पर्छ ।

हिन्दु समाज जातीय ब्याबस्था को उत्पति र बिकास सर्बप्रथम भारतमा आर्यप्रजातिका मानिसहरू ले गरेका थिये इ.पु. ५०० तिर एउटा बृहत जमात समभासिक रुपमा इन्डो युरोपियन ईन्डो जर्मन एङ्लो सेक्सन ट्युटोन रोमन इरानिएन स्पेनिस र पोर्चुगिहरु कालान्तरमा बिस्तारित हुँदै संसारका विभिन्न ठाउमा फैलिएका थिय ।तेसै फैलिने क्रममा आर्यहरुको एक साका इ. पु. २५०० तिर भारत प्रवेश गरेकाथिय । त्याहा आये पछि आर्यहरु गंगा नदि को मैदानी भाग मा फैलिनु का साथै बैद्दिक सभ्यताको बिकाश पनि गरेका थिये भारत मा बिस्तारै आर्यहरुले धर्म र वर्ण ब्याबस्था लागू गरेकाथिये वर्ण ब्याबस्था मानिसलाई कार्यक्षमता का आधारमा वर्गीकरण गर्ने ब्याबस्था थियो । भारतमा आर्यहरु उत्तर पश्चिम् क्षेत्र बाट प्रवेश गरेका थिये।

भारत आयेर आर्यहरुले शासन ब्याबस्थाको सुरुवात गरेपछि उनिहरु को गैर आर्यहरु संग युद्ध हुदा पराजित गैर आर्यहरुलाई दास बनाउने सुद्र बर्णमा राख्न गर्ने थालेका थिये । त्यो अबस्थामा पराजय द्वारा दास बनेका गैर आर्यहरु ले बिद्रोह गरेपछी उनिहरु लाई दास भन्दा तल्लो स्थर मा झारेर समाजमा अछुत को भेदभाव गरिएको थियो।

तेति बेला जुन शुद्रले प्रण धन र स्त्री ब्राह्मण वर्ग को सेवामा अर्पण गर्दछ्न उस्ले छोयेको खानेकुरा खान हुन्छ अन्य को हुदैन भन्ने सम्मको बिद्देशको भवना बाट अभिप्रेरित भैइ छुवाछूत प्रथस्को विकास गरियेको थियो। माहा भारत कालमा सम्म आईपुग्दा शुद्रले ब्राह्मण लाई छोयो मा ब्राह्मण ले स्नान प्रणायाम आचमन तथा तप गरेरमात्र शुद्ध हुन्छ भन्ने कुरा उल्लेख गरियेको पाईन्छ ।

यस आधारमा छुवाछूत प्रथा प्रचीन काल देखि बिकसित भयेको देखिन्छ ई .पु १८५ तिर वा मनुस्मृतिकालमा सुद्र जातिलाई दमन गर्ने विभिन्न ब्याबस्था बनाए । हाम्रो देश नेपाल मा राजा जयस्थिती मल्लले १२ औं सताब्दी तिर मैथिली ब्राह्मण र भारत अथवा दक्षिण भेक का ब्राह्मण हरु किर्तिनाथ उपाध्य रघुनाथ झा, रामनाथ झा श्रीनाथ भट्ट , महिनाथ भट्ट ५ ब्राह्मण बोलाई जातका बिषय को येथाशास्त्रोत्त लेखी गरि जातीय ब्याबस्था नेपालमा कायेम गराय । येसरी जात ब्याबस्था विश्व समाज को सन्दर्भ मा दक्षिण एसिया तेस मध्य पनि भारत मा वर्ण ब्याबस्था को सुरुवात भै नेपाल मा पनि भित्रीयो नेपालमा बिशिस्ट रहदै आयो ।

भारत बिधमान जातीय ब्याबस्था नेपालमा एस्कि प्रभाव धेरै बढ्दै गयेको ईतिहास बिद हरुको ब्याख्या र विश्लेषण ले प्रष्ट पार्छ। यसरी बनायेको जातीय ब्याबस्था आज हाम्रो देश नेपाल मा कुच्चो ले बटार्नु पर्दैन हावाले बटारी राखेको छ नेपाल को जातीय ब्याबस्था लाई हटाउन का लागि दलित संगठन हरु राणा काल देखि आन्दोलन गर्दै आयका छ्न ।

जस्तै सति प्रथा को अन्त्य भयो दास प्रथा को अन्त्य भयो तर जातिय ब्याबस्था को अन्त्य हुन सकिरहेको छैन देशमा थुप्रै राजनीतिक जन आन्दोलन भये २००७ साल मा राणा विरुद्ध को आन्दोलन मा पनि दलित समुदाय को अहम भुमिका रहेको छ तर दलित का समस्या प्रति कुनै बिषय उठेन तेस्पछी राजा महेन्द्र ले कु गरे र २०२० मा एन बनय त्यो एन ले दलित समुदाय को आखामा छारो हाल्ने काम मात्र भयो । पंचायती कालमा छुवाछूत उन्मुलन का लागि उल्लेखनीय काम भयेको पाईदैन।

बिक्रम सम्बत २०४६ साल मा प्रजातन्त्र को पुर्न स्थापना भै बि . स २०४७ साल मा नयाँ संविधान बन्यो त्यो संबिधान मा कुनै पनि नेपाली लाई जात पात का आधार मा कुनै भेदभाव नगरिने कुरा उल्लेख गरियो ,तर कार्यान्वयन हुन सकेन समाज मा छुवाछूत प्रथा कायेम रहदै आयो। २०५२ फागुन २ गते देखि जनयुद्ध सुरु भयो ।

दस वर्ष जनयुद्धमा दलितमाथि हुने अन्याय अत्याचार आवाज उठाउदै छुवाछूत प्रथाको अन्त्यको व्यापक जनचेतना फैलाउदै गाउँ गाउँमा विभेदका विरुद्ध आवाज उठादै आयो । २०६२ ,६३ को जन आन्दोलन पछि पुर्न गठित सासद ले २०६३ साल जेष्ठ १६ गते छुवाछूत मुक्त राष्ट्र घोषणा गर्‍यो ।

२०७२ नेपाल को संविधान ले धार २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हक : कायम गरि समानुपातिक समाबेशी संघीय लोकतान्त्रिक गणतन्त्र मा दलित समुदाय लाई दसकौ देखि समाज मा अन्याय मा परेको जातीय विभेद ले पछाडि परेको मानव समाज को कलङ्कित छुवाछूत प्रथाले सधै अन्याय मा परेको क्षेतिपुर्ती सोरुप आरक्ष राज्यले दलित समुदाय लाई प्रतिनिधित्व गरायेतापनी बिशेश अधिकार सहित को ब्याबस्था भयेको छैन।

हाम्रो देशमा जनयुद्ध जन आन्दोलनले केही मात्रा मा राहत भयता पनि समाजमा अझैकार्यान्वयन हुन सकिरहेको छैन ।हिन्दु धर्मका का कठर पन्थिहरु ले राज्य का ब्राह्मणबादी संस्कार संस्कृति बोकेका अहकार बादी हरुले छुवाछूत कायमै गरायेका छन हरेक आर्थिक वर्षमा मठ मन्धिर मा करोडौं बजेट बिनियोजन गरेका छ्न र धर्म लाई प्रत्साहान गरेका छ्न तर मानव समाज मा मानव मानव बिच जातीय भेदभाव कायम रहेको छ ।जातीय प्रथा को अन्त्य को लागि थप संघर्ष को आबसेक्ता पर्दै आयेको छ।

जातीय प्रथाको अन्त्य का लागि सम्पुर्ण उत्पीडित जाती एक जुट भयेर मानव समाज को कलङक छुवाछूत प्रथा को अन्त्य गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply