दसैं तिहारमा नबिकेको च्याङ्ग्रा लिलामी गरिने भएको छ।
थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंमा नबिकेको च्याङ्ग्रा लिलामीका लागि शुक्रबार टेण्डर आह्वान गरेको हो।
उपभोक्तालाई सहुलियतमा बेच्नका लागि कम्पनीले दशैंमा च्याङ्ग्रा किनेको थियो। यसपालि च्याङ्ग्राप्रति उपभोक्ताको आकर्षण नदेखिएपछि उसले भाउ समेत घटाएको थियो।
भाउ घटाउँदासमेत बिक्री नभएपछि जिउँदो च्याङ्ग्रा एकमुष्ट लिलामी गर्न लागेको हो।
कम्पनीले इजाजत प्राप्त फर्म, संस्था, कम्पनी वा व्यक्तिलाई पुस १ गतेसम्म सिलबन्दी दरभाउपत्र पेस गर्न भनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1