नेपाल सरकारले कुवेतका राजा नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा शोक मनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार कुवेतका राजा अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा आज शोक मनाउने तय भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज देशभरका सरकारी कार्यालयहरू एवम् विदेशमा रहेका नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
कुवेतका अमिरको गएको मंसिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1