पोखरामा जिप दुर्घटना हुँदा तीन जना घाइते

माघ १० धनगढी
पोखरामा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटनामा परेको हो ।

घाइतेमध्ये जिप चालक कृष्णबहादुर थापाको अवस्था गम्भीर छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार चन्द्रकला थापा, हिमकला थापा सामान्य घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply