हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

१ वैशाख धनगढी
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिकदेखि सफा रहेको छ।

आज दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखी मौसम मुख्यतया सफा रहनेछ।

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित रातिपनि हल्का वर्षाको सम्भावना छ।

त्यस्तै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका रातिपनि एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply