गुल्मीमा स्वास्थ्य चौकी जान भनेर हिँडेका पुरूष मृत

२१ वैशाख धनगढी
गुल्मीमा स्वास्थ्य चौकी जान भनेर हिँडेका पुरूष मृत भेटिएका छन्।

मालिका गाउँपालिका-१ का ४७ वर्षीय लालबहादुर विश्वकर्मा शुक्रबार बिहान मृत भेटिएका हुन्।

उनी घरबाट केही मिटर पर लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए। स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शंकर पोखरेलले जानकारी दिए।

‘बिहान स्वास्थ्यचौकी जान भनेर निस्कनुभएको रहेछ। मृत भेटिएपछि प्रहरी घटनास्थल पुगेको छ,’ उनले भने।

लडेरै हो कि अन्य कारणले मृत्यु भएको ‍भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी पोखरेलले बताए।

घटनास्थल हेर्दा शंकास्पद नदेखिएको पनि उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply