ओखलढुंगामा आगलागीबाट आमा-छोराको मृत्यु

२५ वैशाख धनगढी
ओखलढुंगामा आगलागीबाट आमा-छोराको मृत्यु भएको छ।

सोमबार दिउँसो सिद्धिचरण नगरपालिका-१० बेतेनीस्थित बसाहा हरिबोले सामुदायिक वनमा लागेको आगलागी नियन्त्रणमा लिन खोज्दा दुई जनाको मृत्यु भए हो।

डढेलो आफ्नो खरबारीमा आएपछि निभाउन खोज्दा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ५५ वर्षीया पुण्यमाया धमला र उनका १६ वर्षीय छोरा कञ्चन धमलाको मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply