चितवनमा एक स्कुल बसमा अज्ञात समूहले आगजनी

३० वैशाख धनगढी
चितवनमा एक स्कुल बसमा अज्ञात समूहले आगजनी गरेको छ।

आइतबार बिहान सवा ८ बजे भरतपुर महानगरपालिका वडा नम्बर २० दद्रेनी नजिकै विद्यार्थी लिन जान लागेको बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।

स्मल हेभन स्कुलको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा आगजनी भएको हो।

डिएसपी रिजालका अनुसार मोटरसाइकलमा आएका ६ जनाको समूहले उक्त बसमा आगजनी गरेको हो।

‘बसमा विद्यार्थीहरू थिएनन्। उनीहरूले विद्यार्थी लिन जाँदै गरेको बेला यो घटना भएको हो,’ उनले भने, ‘चालक र सहचालक मात्रै थिए। उनीहरूलाई बसबाट ओरालेर आगजनी गरिएको छ।’

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply