रुकुम पूर्वमा श्रीमतीको हत्या पछि नाबालक छोरासहित श्रीमान पक्राउ

धनगढी असार ३१
रुकुम पूर्वमा श्रीमतीको हत्या पछि नाबालक छोरासहित भागेका श्रीमान पक्राउ परेका छन्।

शुक्रबार राति भूमे गाउँपालिका-६ का २७ वर्षीय जीवन ओलीले २५ वर्षीया श्रीमती अप्सरा ओलीमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ।

हत्यापछि जीवनले आफ्ना ६ वर्षीय छोरा आयुषलाई लिएर भागेका थिए।

छोरासहित भागेका जीवनलाई प्रहरीले पक्राउ गरेको जिल्‍ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद पोखरेलले जानकारी दिए। आयुष सकुशल नै रहेको प्रहरीले जनाएको छ।

‘श्रीमतीको हत्या पछि फरार रहँदै आएका व्यक्तिलाई पक्राउ गरेका छौं,’ उनले भने, ‘बिहान ११ बजेपछि हामी पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने छौं।’

घर भन्दा झन्डै चार सय मिटर टाढा अप्सराको शव फेला परेको थियो। आपसी विवादका क्रममा जीवनले अप्सरालाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply