धनगढीः साउन १०
नेपालमा जहाज दुर्घटना घटना रोकिनुको साटो झन बढिरहेका छन । जहाज दुर्घटना बढ्दै गएपछि हवाई यातायात पनि असुक्षित बन्दै गएको छ । बुधबार पनि फेरी जहाज दुर्घटना भएको छ । बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडान भर्ने क्रममा केही माथि पुगेलगत्तै सौर्य एयरको (एन एएमई जहाज अनियन्त्रित भएर दुर्घटना भएको छ । जहाज थोरै उचाइ लिएलगत्तै अनियन्त्रित भएको जहाज कहिले दायाँ, कहिले बायाँ कोल्टिँदै विमानस्थलको रनवेबाट पूर्वतर्फ रहेको घासे मैदानमा बजारिएको थियो । त्यहाँबाट करिब दुई सय मिटर घिस्रिँएको जहाज ट्याक्सी स्टान्ड पार गरेपछि उछिट्टिएर एयर डाइनेस्टीको हेलिकोप्टर ह्यांगरमा ठोक्किन पुग्यो। त्यसक्रममा ह्यांगरमा रहेको कन्टेनरलाई पनि घिसार्दै पूर्वतर्फ काँडाघारीतर्फको हाइवे नजिक पुगेर पुनः बजारियो। यसक्रमबीचमै प्लेनको ककपिटसहितको अघिल्लो भाग ह्यांगरसहित नै काँडाघारीको बाटोनजिकको खाल्डोमा बजारिन पुग्यो। प्लेनका पछिल्लो भाग भने त्यसअघि नै नजिकैको अर्कोतर्फको खाल्डोमा बजारियो । लगत्तै दुवैतर्फबाट आगो र धुँवाको मुस्लो निस्कियो।क्षणभरमै जहाजमा रहेका १८ जनाको ज्यान गयो। क्याप्टेन मनीष शाक्य संयोगले बाँचे। दुर्घटनालगत्तै विमानस्थलमै रहेको उद्दार टोली केहीबेरमै घटनास्थल पुगेकाले क्याप्टेन शाक्यलाई उद्दार गरी अस्पताल पठायो। दुर्घटना हुँदा सरकार, उच्च पदमा बसेका एव जिम्मेबार एव सरोकारवालाहरु घटना स्थल पुगेरगोहिका जस्ता आँसु झार्ने तर,पछि उही अवस्था रहेकोछ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने विमानका पाइलटको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको जनाइएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान्–श्रीमती हुन् भने अधिराज उनीहरूका छोरा हुन् । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् ।प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए । बिग्रीएको जहाजमा धेरै यात्रु बोकेर जाने कार्य नै गलत भएको टिकाटिप्पणी गरिएको छ । नागरिकहरुले नीति निर्माता सरकारमा बसेका र सरोकारवालाहरुले भावि दिनमा हवाई यात्रा सुरक्षित बनाउनुपर्ने तर्फ ध्यान केन्द्रीत हुन आब्हान गरेका छन ।
