शिवपुरीको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेला

धनगढीः साउन २३
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो।

यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ।

‘चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ,’ उनले सेतोपाटीसँग भने, ‘दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले अहिले पहिचान हुन सकेको छैन।’

मृत्यु भएकाहरूको पहिचान खुलिसकेको छैन।

घटनास्थलतर्फ प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, प्रहरीहरू गएका छन्।

विस्तृतमा आउँदै…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply