निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा समस्या

धनगढीः साउन २८
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा समस्या देखिएको छ । सोमबार दिउँसो ३:४८ बजेदेखि समस्या देखिएको कम्पनीले जनाएको छ अहिले एनसेलबाट फोन लाग्न र एसएमएमा समस्या देखिएको छ ।कम्पनीले यसबारे जानकारी दिँदै तत्काल समाधानका लागि काम गरिरहेको बताएको छ ।एनसेलले नेटवर्कमा समस्या आएको जानकारी दिँदै भनेको छ , “आज सोमबार, साउन २८ गते दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आएका सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको अवगत गराउँन चाहन्छौँ । यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ र अवरुद्ध सेवा यथाशीघ्र सुचारु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जानकारी गराउन चाहन्छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply